नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल र सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्तले आज आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा महासङ्घका अध्यक्ष पोख्रेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटरलगायत उपकरणको प्रयोगले पत्रकारको आँखामा समस्या देखिन थालेको बताउनुभयो । उहाँले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभान्वित हुने बताउनुभयो ।
सङ्घका अध्यक्ष पन्तले जनचेतना र सूचनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताउनुभयो । उहाँले निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागिपरेको बताउनुभयो ।
विसं २०३५ मा स्थापना भएको गैरनाफामूलक संस्था नेत्रज्योति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, एक सय ५० आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखामार्फत नागरिकलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |