बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले एकीकृत रुबिभ्याली विकास कार्यक्रमलाई अघि बढाउने निर्णय गरेका छन् ।
बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गर्दै मन्त्री दुलालले मानव विकास सूचकांकमा प्रदेशकै सबैभन्दा पछाडि परेको रुबिभ्याली गाउँपालिकामा ’एकीकृत रुबिभ्याली विकास कार्यक्रम’का विभिन्न पूर्वाधार निर्माणका कार्यक्रमलाई कार्यान्वयन प्रक्रियाको प्रारम्भ गर्ने निर्णय गरेका हुन् ।
मन्त्रालयको जिम्मेवारी लिएको पहिलो दिन मन्त्री दुलालले खरको छानो मुक्त कार्यक्रमको प्रक्रिया अघि बढाउने योजना सदर गरेका छन् । उनले बागमती प्रदेशमा आर्थिक विपन्नताका कारण खरको छाना मुनि बस्न बाध्य नागरिकको घरलाई खरको छाना मुक्त बनाउने प्रदेश सरकारको कार्यक्रमलाई कार्यान्वयन प्रक्रिया प्रारम्भ गर्न योजनाको फाइल सदर गरेका हुन् ।
त्यस्तै मन्त्री दुलालले बजेट अभावले दुई वर्षदेखि निर्माण कार्य रोकिएको खनियाबास र रुबीभ्याली जोड्ने लिङलिङ ग्यापको मोटरेबल पुलको लागि आवश्यक बजेट खनियाबास गाउँपालिकालाई दिने प्रतिबद्धतासहित निर्माण कार्य अगाडि बढाउन सहमति प्रदान गर्ने निर्णय गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |