धादिङ ११ माघ
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पालिका भित्रका २७ जना सहिद तथा वेपत्ता परिवारहरुलाई प्रति परिवार ५० हजार दिने भएको छ ।
आज सहिद तथा वेपत्ता परिवारहरुका लागि संचालित आयआर्जनको लागि क्षमता अभिमुखिकरण कार्यक्रम गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले गाउँपालिकाले सहिद परिवारलाई उपलब्ध गराउने उक्त रकम विउ पुँजी सहित सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
गाउँपालिकाले उपलब्ध गराएको रकमको सदुपयोग भएको नभएको अनुगमन गर्ने बताउदै काम नगर्नेलार्ई अर्को वर्ष देखि सहयोग नगर्ने समेत उहाँले बताउनुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले सहिद परिवार लक्षित कार्यक्रम गाउँपालिकाले स्वरोजगार सँग जोडेर आर्थिक सहयोग गर्न लागेको बताउँदै इमान्दारका साथ काम गर्ने सहिद परिवारलाई थप नयाँ कार्यक्रम समेत गाउँपालिकाले संचालन गर्ने बताउनुभएको छ ।
पालिका भित्रका वेपत्ता परिवारले गाउँपालिकाको वीउ पुँजीलाई अमुल्य सहयोगको रुपमा लिएको बताएका छन् । यस्तै निःशुल्क स्वास्थ्य विमा गराई दिन, उच्च शिक्षा सम्म निःशुल्क गरिदिन, सम्मान कार्डका व्यवस्था गर्न, सिप मुलक तालिम दिन, सहिद तथा वेपत्ताहरुको एकीकृत नमुना वस्तीको रुपमा विकास गर्न आग्रह समेत गरेका थिए । यो वर्ष सहिद तथा वेपत्ता परिवारमा गाउँपालिकाले ३ चरणका कार्यक्रम रोखेको र पहिलो चरणको कार्यक्रम अध्यक्षद्वारा न्यानो कपडा वितरण, आय आर्जनका लागि प्रति परिवार ५० हजार वितरण र सहिद परिवार सम्मान कार्यक्रम रहको पालिकाले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |