आर्थिक वर्ष २०७८÷७९ लागेसँगै आँखा रोगका विरामीहरु बढेपनि चिसो मौसम लागेपछि भने विरामीको संख्यामा कमी आएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका ईन्चार्ज रामसिंह तामाङले बताउनुभयो ।
गत वर्षको तुलनामा २०७८÷७९ मा आँखा रोगका विरामीको संख्या बढिरहँदा २० प्रतिशत दृष्टिदोष अर्थात् चस्मा लगाउनुुपर्ने समस्याका विरामीहरु आउने गरेका छन् । ५० वर्ष भन्दा माथिको विरामीको संख्या ३२ प्रतिशत, ३५ देखि ४९ वर्ष उमेर समुहका २४ प्रतिशत, १९ देखि ३४ वर्षको २४ प्रतिशत र जन्मेदेखि १८ वर्ष उमेर समुहको २० प्रतिशतको संख्यामा विरामी आउने गरेको तामाङको भनाई छ ।
पछिल्लो समयमा बालबालिका तथा युवायुवतीहरुले अत्याधिक मात्रामा मोबाईल कम्प्युटर प्रयोग गर्ने हुनाले आँखामा चस्मा लगाउनुपर्ने समस्या बढेको छ । आँखालाई सुरक्षित राख्नको लागि मोबाईल, कम्प्युटर कम चलाउने र खानपिनमा विशेष ध्यान दिन सकियो भने यस्ता समस्या बाट सुरक्षित रहन सकिने उहाँले बताउनुभयो ।
साथै जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले नियमित रुपमा केन्द्र बाट मात्रै सेवा प्रवाह नगरि अन्यक्षेत्रहरुमा पनि गएर शिविर संचालन गर्दै आएको छ । विद्यालयमा अध्ययन गर्ने दृष्टिदोष भएका बालबालीकाहरुलाई केन्द्रले एक हजार बराबरको चस्मा निशुल्क रुपमा प्रदान गर्नेहुँदा बालबालिकालाई समयमा नै सेवा लिन पनि आग्रह गर्नुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |