धादिङ । धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा धादिङबेशीमा २ दिने आन्तरिक लेखा परिक्षण सम्बन्धि तालिम सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.नेफस्कुनको प्राबिधिक सहयोगमा भएको तालिममा जिल्ला भरिका बचत तथा ऋण सहकारी संस्थाका लेखा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । माघ ७ गते बाट शुरु भएको तालिम आज समापन भएको छ । तालिममा आन्तरिक लेखा परिक्षणको अवधारणा,परिचय, योजना र चरणहरु,आन्तरिक लेखा परिक्षकको दायित्व भुमिका,लेखापरिक्षणका क्षेत्रहरु,प्रतिवेदनमा खुलाउनुपर्नेकुराहरु र लेखा परिक्षण गर्दा ध्यान दिनुपर्ने कुराहरुको बिषयमा सहजीकरण गरिएको थियो ।
धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको तालिममा रविन्द्र श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । तालिमको समापन समारोहमा बोल्नुहुदै धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष नवराज शर्माले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उतार्न आग्रह गर्नु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |