धादिङ । धादिङ जिल्लामा यातायात संचालन गरिरहेको ग्रामीण यातायात धादिङ प्रा.ली.ले दुर्घटना न्यनिकरणको लागी ब्यवसायीक भेला तथा मजदुरलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार धादिङको गल्छीमा एक बृहत कार्यक्रमको आयोजना गरि प्रा.ली.ले ब्यवसायीक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रा.ली.का अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख गणेशराज उप्रेतीले मजदुरहलाई प्रशिक्षण गर्नु भएको थियो । दुर्घटना न्यनिकरणका लागी ब्यवसायिक भेला तथा मजदुर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रा.ली.का संरक्षक रामसरण थापा “राम” ले बताउनु भएको छ ।
कार्यक्रम कै अवसर पारेर ग्रामीण यातायात धादिङ प्रा.ली.ले साधारण सभा तथा अधिबेशन लाई समेत अनुमोदन गरेको छ । माघ ३ गते भएको साधारण सभा तथा अधिबेशनलाई शनिबारको कार्यक्रमले अनुमोदन गरेको हो । साधारण सभा तथा अधिबेशनले राजेन्द्र अधिकारीलाई पुन कम्पनीको अध्यक्षमा सर्वसहमत चयन गरेको छ । अनुमोदित समितिको संरक्षकमा रामसरण थापा राम, प्रवन्धकमा बाबुकाजी श्रेष्ठ,उमेश कुमार श्रेष्ठ, चिज कुमार श्रेष्ठ,शिव कुमार श्रेष्ठ,कृष्ण अधिकारी,रोम बहादुर श्रेष्ठ, रामकुमार बानिया,उत्तम श्रेष्ठ र अभिषेक खतिवडा रहेका छन् ।
ग्रामीण यातायात धादिङ प्रा.ली. बाट हाल धादिङबेशी काठमाण्डौ,चितवन,पोखरा,बिरगन्ज र जिल्ला भित्र गंगाजमुना,ज्वालामुखी, त्रिपुरासुन्दरी र खनियाबास गाउपालिकामा यातायात सेवा संचालन गरिरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |