धादिङ,२२ पुस ।
धादिङबेसीमा रहेको समता स्कुलमा जारी तिन दिने खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।विद्यार्थीहरुमा रहेको क्षमतालाई प्रफुष्टन गर्ने उदेश्यले तिनदिने खेलकुद प्रतियोगिता आयोजना गरीएको विद्यालयका प्रिन्सिपल संगिता क्षेत्रीले जानकारी दिनुभयो।
तिन दिन सम्म सन्चालन भएकोे प्रतियोगितामा विद्यार्थीहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।प्रतियोगितामा नर्सरी देखी कक्षा ४ सम्मका विद्यार्थीहरु बिच रिले दौड, इटिङ रेस,म्याथ म्याटिकल रेस, म्युजिकल चियर, सियो धागो, बेलुन फुटाइ , चम्चा गुज्जा, बल कलेक्टिङ, डोरी नागी, पिरामिड, ब्यालेन्सिङ रेस खेलहरु सम्पन्न भएको छ।
आगामी दिनहरुमा पनि विद्यालयमा यस्ता खोल प्रतियोगिताहरु सन्चालन गरिने क्षेत्रीले बताउनुभयो ।प्रतियोगितामा बिजयी विद्यार्थी तथा हाउसहरुलाई दोस्रो परिक्षाको परिक्षाफल प्रशाशित गरेको दिन पुरस्कृत गरीने विद्यालयले जानकारी दिएको छ ।न्युन मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गईरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |