धादिङ,२१ पुस ।
खाल्टेको कालिकादेवी मन्दिर निर्माणको लागि डिपिआर बनाउनको लागि २४ गते ईन्जिनियर पठाउने नगरपालिका संघका अध्यक्ष तथा मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएको छ।बजेट ल्याउनको लागि डिपिआर आवश्यक रहेको भन्दै नगरपालिकाकै बजेटले डिपिआर बनाउने प्रतिबद्धता जनाउनु भएको हो ।ऐतिहासिक तथा धार्मिक स्थल निर्माणको लागि आफुले सकेको सहयोग गर्ने बताउनुभयो ।
कालिकादेवी मन्दिर धार्मिक पर्यटन प्रवद्र्धन समितिद्धारा आयोजित कलश यात्रा तथा सप्तचण्डी पाठ समारोहका प्रमुख अतिथी समेत रहनुभएका मेयर ढुंगानाले आफुमाथि नगरबासीको ठुलो विश्वास र भरोसा रहेकोले आफुले सोहि अनुसार काम गरिरहेको बताउनुभयो ।विकासमा पक्षपात गर्न नहुने भन्दै मेयर ढुंगानाले आफुले खाल्टेको विकासको लागि विभिन्न योजनाहरु ल्याएको स्पष्ट पार्नुभयो धादिङबेसी–सुनौला बजार–खाल्टे सडक निर्माणको लागि समपुरकमा १० करोड रुपैँया बिनियोजन गरेको बताउनुभयो ।
यसैगरी सिरानबजारबाट खाल्टे जाने सडक निर्माणको लागि नीलकण्ठ नगरपालिकाले एक करोड बिनियोजन गरेको भन्दै पुल सहित ड्रेन निर्माणको काम सुरु हुने बताउनुभयो । नगरबासीले महशुस हुने गरी विकासका योजनाहरु अघि बढीरहेको भन्दै उहाँले सहयोग गर्नको लागि नगरबासीहरुलाई आग्रह गर्नुभयो । कालिकादेवी मन्दिर धार्मिक पर्यटन प्रवद्धन समितिका अध्यक्ष किशोर ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको उद््घाटन समारोहमा नगर प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य ओम शर्मा, व्यवसायी अरुण सुवेदी,नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ,शिक्षक संघका बागमती प्रदेश सदस्य शिवहरी अधिकारी,नीलकण्ठ शिक्षक संघका सदस्य राजकुमार अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रममा विशेष अतिथी ओम शर्माले खाल्टेको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।नागरिकहरुको जनजिविकामा परिवर्तन नआएसम्म विकास नहुने भन्दै उहाँले अब आर्थिक समृद्धीमा काम गर्नुपर्ने बताउनुभयो ।बिहिबारदेखी सुरु भएको सप्तचण्डी पाठ शुक्रबार एक कार्यक्रमकाबिच समापन गरीने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |