धादिङ,१९ पुस ।
धादिङको थाक्रे गाउँपालिकाको महादेववेशीमा दिवा शिशु स्याहार केन्द्रको सुरुवात गरीएको छ । श्रमिकका बालबालिकाहरुको पोषण लगायत शिक्षामा पहँुच पुर्याउन उदेश्यले शिशु स्याहार केन्द्रको सुरुवात गरीएको हो । सृष्टि फाउन्डेसन नेपालको आयोजना तथा थाक्रे गाउँपालिकाको सहकार्यमा घरेलु तथा आग्रा/महेश खोलामा आश्रित श्रमिकहरुको बालबालिकाहरुको लागि दिवा शिशु स्याहार केन्द्रको औपचारिक सुरुवात गरिएको हो।
शिशु स्याहार केन्द्रमा २ जना कर्मचारी सहित दिन दुई पटक पोषण युक्त खानेकुरा, खेलकुद, मनोरंजन सहित स्याहार सुसारको व्यवस्था गरिएको सृष्टि फाउन्डेसन नेपालका अध्यक्ष अम्बिका रुपाखेतीले बताउनुभयो । शिशु स्याहार केन्द्रलाई जिल्ला भरि विस्तार गर्ने सृष्टि फाउन्डेसन अध्यक्ष रुपाखेतीको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले विद्यालय उमेर पुगेका ३ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई पढ्ने वानी बसाल्न र आमालाई उद्दयमशिल बनाउने उद्देश्यले शिशु स्याहार केन्द्र सुरु गरिएको बताउनुभयो । कार्यक्रममा थाक्रे गाउँपालिका गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगी),प्रमुख प्रशासकीय अधिकृत सबिन सिंह चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |