काठमाडौँ,१४ पौष ।
देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ ।
महासङ्घको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारले समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण गर्दै व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको हो ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ मन्त्रीको कार्यकालमा समयानुकुल व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “नयाँ सरकारको पालामा यातायात व्यवसायीले देशभर नियमित र व्यवस्थित रुपले उपभोक्तामुखी सेवा दिन अभिप्रेरणा मिल्नेछ”, उहाँले भन्नुभयो । आगामी दिनमा महासङ्घ र मन्त्रालयबीचको सम्बन्ध प्रगाढ हुने विश्वास समेत महासङ्घले लिएको छ ।
भेटमा नवनियुक्त उपप्रधानमन्त्री तथा यातायातमन्त्री श्रेष्ठले जनतामुखी सेवा प्रवाह गर्न यातायात व्यवसायी लाग्नुपर्ने बताउनुभयो । यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय लाग्ने उहाँको भनाइ छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |