काठमाडौँ, १४ पुस ।
नवनियुक्त महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री दाहालका सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । हान्यायाधिवक्ता डा पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका(४ प्यूठानमा भएको थियो । उहाँ २५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गर्नुभएको छ ।
महान्यायाधिवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सको सामाजिक अध्ययन संस्थानबाट २००७ बाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गर्नुभएको थियो । उहाँले वातावरणीय कानुनमा स्नातक गर्नुभएको छ ।
कानुनी अभ्यास र परामर्शका अतिरिक्त डा पोखरेलले कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न हुनुहुन्छ । उहाँले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गर्नुभएको थियो ।
डा पोखरेलले व्यवस्थापिका(संसद्का तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारका रूपमा काम गर्नुभएको थियो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानुनी परामर्श पनि सेवा प्रदान गर्दै आउनुभएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानुनका फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आउनुभएका पोखरेलले जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानुन, राजनीतिक अर्थव्यवस्था तथा विकासमा केन्द्रित रही काम गर्नुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |