काठमाडौँ, १२ पुस ।
नेपाल सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।
गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सो कार्यविधि पालना गर्न सहयोग गरिदिन आग्रह गरेको हो । सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन विशिष्ट व्यक्तिको सुरक्षा र सम्मानलाई ध्यान दिँदै उक्त कार्यविधि कार्यान्वयनमा रहेको छ ।
कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्वकर्मचारी/सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |