धादिङ,७ पुस ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ स्थित चक्रदेवी टोलमा चक्रदेवी युवा क्लबको भवन निर्माण कार्य जारी रहेको छ। समुदायमा जनचेतना फैलाउन र सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले गठन भएको क्लबको भवन निर्माण कार्य जारी रहेको क्लबका अध्यक्ष कुल बहादुर झ्यारीले जानकारी दिनुभयो ।
पाँच लाख रुपैँयाको लागतमा निर्माण हुने क्लबको भनव निर्माणको लागि जनसमुदायको संक्रिय सहभागिता रहेको छ ।आफ्नै गाउँमा क्लब निर्माण हुने भएपछि आफुहरुले श्रमदान गरेको ६६ बर्षिय हेमलाल थापा मगरले बताउनुभयो ।भवन निर्माणको लागि श्रमदान गर्नको लागि २० बर्षदेखी ८५ बर्ष सम्मको नागरिकहरुको सहभागिता रहेको छ।
गाउँको विकासको लागि गठन भएको क्लबको भवन निर्माणको लागि आफुहरु घरको काम छाडेरभएपनि सामाजिक काम गर्न आएको स्थानीय टोप बहादुर थापाले बताउनुभयो ।चक्रदेवी टोलको विकासको लागि सबै एकजुट भएर काम गरीरहेको अध्यक्ष कुल बहादुर झ्यारीले बताउनुभयो।दुई कोठे भवन निर्माण यसै महिना भित्र सक्ने लक्ष्य रहेको छ।चक्रदेवी युवा क्लको खेलमैदान भने यसअघिनै सम्पन्न भईसकेको छ।गाउँका आयोजना हुने खेलकुद प्रतियोगिताहरु यसै खेलमैदानबाट सन्चालान गर्न सकिने भएपछि स्थानीय युवाहरु खुसि भएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |