धादिङ/ धादिङमा हालसम्म ३२ हजार ९ सय १० जनाले स्वास्थ्य बिमा दर्ता गरेका छन् । जिल्लामा २०७६ साल माघ ७ गतेदेखि स्वास्थ्य बिमा सेवा शुरुभएकोमा हालसम्म ३२ हजार ९ सय १० जनाले स्वास्थ्य बिमा दर्ता गरेको स्वास्थ्य बिमा बोर्ड धादिङका दर्ता अधिकारी संगम अर्यालले बताउनुभयो ।
गरीब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकूँन् भन्ने उद्देश्यले सरकारले बीमा कार्यक्रम सञ्चालन गरेको हो । पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रति सदस्य ७०० का दरले थप शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सक्छन् । पाँच जनाको परिवारका लागि प्रति परिवार वार्षिक रु एक लाखसम्मको सेवा पाइने र पाँचभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ७ सय तिरेर स्वास्थ्य बिमा सेवा पाउन सकिने व्यवस्था छ ।
जिल्लामा धादिङ अस्पताल, वैरेनी अस्पताल गल्छी, गजुरीको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा बिमाबाट स्वास्थ्य सेवा उपलब्ध रहेको स्वास्थ्य बिमा बोर्ड धादिङका दर्ता अधिकारी अर्यालले बताउनुभयो । त्यसैगरी धादिङको धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकाका बिमितले शुक्रराज सरुवा रोग अस्पताल टेकुमा बिमाबाट स्वास्थ्य सेवा लिन सकिने जानकारी दिनुभयो ।
हाल एक हजार १३३ प्रकारका औषधिहरु स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत गरिएका छन् । धादिङमा ९६ दर्ता सहयोगी परिचालन गरिएका छन् । उनीहरुले आ–आफ्नो वडामा घरदैलोमार्फत बीमा दर्ता गरिरहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |