नारायणगढ / नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । आजदेखि एक महिनासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्डमा गाडीको आवागमन रोकिने छ । कडा चट्टानसहितको पहाड फोरेर पुल निर्माण गर्नुपर्ने भएकाले सुरक्षालाई मध्यनजर गरेर सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोलामा पुल बनाउनका लागि पहाड काट्नेलगायतका काम हुनेछ । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनिबस, माइक्रो लगायत साना गाडीलाई १५ किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोकिने छ । मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्याङ्करलगायत ठूला गाडी भने भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि रोकिने छन् ।
काठमाण्डौबाट छुटेका गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट छुटेका गाडीलाई बेनीटारदेखि पावर हाउससम्म रोकिने छ । यस्तै, काठमाण्डौबाट छुटेका मालवाहक गाडीलाई लेबाटारमा र पोखराबाट छुटेका मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान पौने ११ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरी चलाउन दिइने छ । सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |