धादिङ,०४ पौष ।
धादिङबेशीमा आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न भएको छ । श्रोत साकोसको भवनमा शुक्रबारदेखि सुरु भएको प्राथमिक उपचार तालिम सोमबार सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको प्राविधिक सहयोगमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आधारभुत प्राथमिक उपचार तालिमको संचालन गरिएको थियो ।
तालिममा प्राथमिक उपचार, चोट पटक, वेहोशी, कृतिम श्वास प्रश्वास, घाउ र पट्टीको प्रयोग, पोलाई, विष, मेरुदण्डको चोट पटक, घाईते विरामीको उद्वारको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो ।
तालिममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्रि तथा प्रशिक्षक नारायण कुमार श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी, याम प्रसाद कोईराला र लक्ष्मी शाहले सहजिकरण गर्नु भएको थियो । श्रोत परिचालन सहकारी संस्था लि.का १८ बर्ष देखि २५ बर्ष सम्मका ७ जना महिला ९ जना पुरुष गरी १६ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा भएको तालिमममा युवा तथा बालबालिका उप समितिका संयोजक नविन दुवाडी, कार्यालय प्रमुख दयानिधि नेपालको समेत आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |