धादिङ, ०४ पौष ।
आठौ धादिङ महोत्सव पुष ७ गतेदेखि १७ गतेसम्म संचालन हुदैछ । महोत्सवलाइ सभ्य र भब्य हिसावमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर काम गरिरहेको मुल आयोजक समितिले तयारीलाइ तीव्र पारेको छ ।
विषयगत जिम्मेवारी पाएका उपसमितिहरुले आफ्नो समितिको काम ९० प्रतिशत भन्दा माथी सकिएको जानकारी दिएका छन् । महोत्सव स्थल धादिङवेशी खुल्ला मञ्चमा यति बेला धमाधम स्टल निर्माणको काम भइरहेको छ । स्टल निर्माण संगै रमाइलो मेला का सामाग्रीहरु पनि जडान कार्य भइरहेको स्टल निर्माण तथा स्थान ब्यवस्थापन समितिका संयोजक नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि उत्पादन स्टल, डेरी स्टल, इलेक्ट्रोनिक्स/सुचना प्रविधी स्टल, विभिन्न औद्योगिक तथा व्यापारिक सामाग्रीको प्रदर्शनी एवं विक्रिका स्टल, स्थानीय घरेलु तथा हस्तकला उत्पादनको प्रदर्शनी एवं विक्रि स्टल तथा स्थानीयतहको उत्पादनको स्टल गरी १ सय २० भन्दा बढी स्टल रहने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवमा मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्राइभेट लिमिटेड रहको छ भने महोत्सवमा १० करोड भन्दा वढीको कारोवार हुने र ३ लाख भन्दा बढीले हेर्ने अपेक्षा गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |