काठमाडौँ, १९ मङ्सिर ।
नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ नेफ्टले जानकारी दिएको छ ।
“डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेका हौँ”, नेफ्टा अध्यक्ष पुष्कर लामाले भन्नुभयो ।
फिल्मको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको कार्यभार बनेको उहाँले भनाइ छ । अवार्ड आयोजनाले नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन सहयोग पुग्ने उहाँको विश्वास छ ।
अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल सङ्घ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने उहाँले बताउनुभयो । कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुनसकेको थिएन । तर, महामारीपछि फिल्म क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो ।
यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । कूल ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा फिल्म हेर्ने कार्यक्रम छ । नेफ्टाले यसअघि मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड आयोजना गरिसकेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |