काठमाडौँ,१८ मंसिर ।
नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार तथा उपकरणहरू हटाउन पटकपटक ताकेता गरे पनि केबल टिभी तथा इन्टरनेट सेवाप्रदायकहरूले अटेरी गरेका छन् । कात्तिक १५ गते प्राधिकरणले ४५ दिनको समय दिएर तार तथा उपकरण व्यवस्थित गर्न चेतावनी दिएको थियो ।
सूचना प्रकाशित भएको ३३ दिनसम्म पनि उनीहरूले कुनै चासो नदिएको प्राधिकरणले जानकारी दिएको छ । निर्धारित अवधिसम्म सुधार कार्य नभएमा प्राधिकरण आफैंले तार हटाउने र यसबाट हुनसक्ने नोक्सानीका लागि केबल/इन्टरनेट/दूरसञ्चार सेवा प्रदायक आफैं जिम्मेवार हुने प्राधिकरणको भनाइ छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |