धादिङ,१७ मंसिर
३१ औँ अपाङ्गता दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै स्टेशनरी सामाग्री वितरण गरेको छ। शनिवार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाबलम्बी बहिरा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरीएको हो।
स्वाबलम्बी बहिरा आधारभूत विद्यालयका प्रधानाध्यापक राम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजिक विकास तथा कार्यक्रम शाखाका प्रमुख बिजया अर्याल,कार्यँपालिका सदस्यहरु चिनामायाँ श्रेष्ठ,छवी काप्रि,नेपाल पत्रकार महासंघका सभापति राजाराम शर्मा,अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वालम्बन विद्यालयका अध्ययन गर्ने विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरीएको थियो । साथै कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने ६५ जना विद्यार्थीहरुको लागि कपि,पेन्सिल,ईलेजर,स्केल लगायत खेलकुदका सामाग्रीहरु उप मेयर दिपक विश्वकर्माले विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।कार्यक्रममा उप मेयर दिपक विश्वकर्माले अपाङ्गताको क्षेत्रमा भएका समस्याहरु समाधान गर्नको लागि नगरपालिका तयार रहेको बताउनुभयो ।
विद्यालयको लागि आवश्यक सहयोगको लागि पनि आफुले पहल गर्ने भन्दै उहाँले अपाङ्गता भएकाहरुलाई हेला र घृणाको भावनाबाट नहेर्नको लागि आग्रह गर्नुभयो । यसैगरी विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले विद्यालयमा विविध समस्या रहेको भन्दै नगरपालिकाबाट एक जना शिक्षक पठाईदिनको लागि आग्रह गर्नुभयो । ठुलो दुख र सघर्षपछि यहाँ सम्म आईपुगेको भन्दै अधिकारीले अपाङ्गता भएकाहरुलाई दया र मायाँ भन्दा पनि अवसरको खाचो रहेको बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |