धादिङ,३० कात्तिक ।
धादिङमा नौ जनाले मात्रै इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा रहेका हतियार बुझाउन गरेको सुचना अनुसार ९ जनाले मात्रै हतियार बुझाएका हुन् ।
उक्त नौ जनाले विभिन्न किसिमका १४ वटा बन्दुक बुझाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । जिल्लामा अनुमति प्राप्त ४७ वटा हतियार भए पनि हालसम्म नौ जनाले मात्रै बुझाएको पाइएको हो । मङ्सिर १ गतेभित्र हतियार बुझाउन र बुझाएको हतियार निर्वाचनपछि सम्बन्धित व्यक्तिले नै लैजान सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।
हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजना अन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले कात्र्तिक २ गते सूचनानै निकालेर आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |