धादिङ,२८ कात्तिक
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवारहरुले सोमबार नेत्रावती डबजोङ गाउँपालिकाका गाउँवस्तीहरुमा घरदैलो गरेका छन् ।घरदैलोको क्रममा नेत्रावती डबजोङका मतदाताहरुले प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी र प्रदेशसभा २ का उम्मेदवार गोविन्द लम्साल,माओवादी केन्द्रका जगत सिंखडालाई आफ्नो गाउँवस्तीको समस्या पहिचान गराएका छन् ।उम्मेदवारहरुले पनि मतदाताहरुको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेनन्।
घरदैलोका क्रममा प्रतिनिधिसभाका उम्मेदवार रामनाथ अधिकारीले मठमन्दिर, गुम्बा, चर्च, कोटलगायतका धार्मिक र ऐतिहासिक धरोहरहरुको पुनर्निमाणलाई जोड नदिने बताए । पर्यटन पुर्वाधारको नयाँ गन्तव्य पहिचान गरी पर्यटन प्रवद्र्धन नगर्ने बताउँदै अधिकारीले गाउँ पर्यटन, धार्मिक पर्यटन, जलपर्यटन, पर्वतीय पर्यटन र खेल पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार र क्षमता अभिवृद्धि नगर्ने प्रतिवद्धता व्यक्त गरे । मतदातासँगको चुनावी भेटघाटमा अधिकारीले भने–‘सबैलाई भरपर्दा, स्तरीय र सुलव स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा मैले पहिलो प्राथमिकतामा राख्नेछु ।’
मतदाता भेटघाटको क्रममा प्रदेश २ का उम्मेदवा कांग्रेसका गोविन्द लम्सालले नेत्रावतीको मध्यपहाडी लोक मार्ग अन्र्तगत टोड्के, कटुन्जे, सेमजोङ लगाएतको सडकखण्ड कालोपत्रे गर्ने, पालिकामा एउटा कोल्ड स्टोर निर्माण गर्ने कामलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताए । डबजोङ दरबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि नागरिकको जिवनस्तर उकास्ने लगाएतका कामलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने पनि लम्सालले प्रतिवद्धता व्यक्त गरेका छन् । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को चुनावी घरदैलोमा गठबन्धनमा आवद्ध दलहरुका नेता कार्यकर्ताहरु सभागी छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |