काठमाडौँ,२८ कात्तिक ।
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । एक सातादेखि लगातार ओरालो लागिरहेको नप्सेमा आजमा हरियाली छाएको हो । नेपाल स्टक एक्सचेन्जका आज नेप्से १.१३ प्रतिशतले बढेको हो ।
आइतबार भने ०.५६ प्रतिशतले गिरावट भएको थियो । आज नेप्से परिसुचक २१.२६ अंकले वृद्धि भई १९०४.४३ विन्दुमा रोकिएको छ । सोमबार १८४ कम्पनीको कारोबार भएसँगै १४८ कम्पनीमा वृद्धि भएको छ भने ३१ कम्पनीमा ओरालो लागे र पाँच कम्पनी स्थिर रहे ।
२४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ९४ करोड ६० लाख ८९ हजारभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, तारागाउँ रेजेन्सी होटल ९.८४ प्रतिशत, सप्तकोशी विकास बैंक ८.३९ प्रतिशतले वृद्धि भएको छ ।
शिवम् सिमेन्ट १० करोड ९६ लाख ४३ हजार २७५ र हिमालयन डिस्टिलरी ८ करोड ९९ लाख ५ हजार ८३३ को कारोबार भएको छ । आज सबै उपसमुहमा हरियाली छाएको छ । जसमा म्यानुफ्याक्चरिङ प्रोसेसिङ ३.१३ प्रतिशत, फाइनान्स २.७१ प्रतिशत, अन्य २.३३ प्रतिशत, होटल तथा पर्यटक २.२७ प्रतिशत र विकास बैंक २.२० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |