धादिङ,२५ कात्तिक ।
विश्व विज्ञान दिवसको अवसर पारेर धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी गरीको छ। कक्षा ६ देखि कक्षा ९ र कक्षा ११ र १२ का विज्ञान अध्ययनरत छात्र–छात्रा को बिहिबार विज्ञान प्रदर्शनी गरेका हुन् । विश्व विज्ञान दिवसको अवसर पारेर छात्र-छात्राले सस्तो, सुलभ र घरमै उपलब्ध हुने सामाग्री प्रयोग गरेर निर्माण गरिएको विज्ञान सामाग्री प्रदर्शनीमा राखेका विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यार्थीले कक्षामा सिकेका सैद्धान्तिक कुराका आधारमा विज्ञान सामाग्री तयार पारेर प्रदर्शनी गर्दा आफूहरुमा उत्साह मिलेको कक्षा ७ का विरंगना लम्सालले बताउनुभयो ।विज्ञान पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाईलाई व्यवहारमा उतारेर देखाउनका विज्ञान प्रदर्शनी आयोजना गरिएको विज्ञानको शिक्षक इन्द्रलाल क्षेष्ठले बताउनुभयो । विज्ञान प्रति आर्कषण बढाउन र अन्तरनिहित सिर्जना, कला पस्कनको लागि सहयोग पुगेको शिक्षक श्रेष्ठले बताउनुभयो। विद्यालयको परिसरमा भएको विज्ञान प्रदर्शनीमा सहभागी छात्र-छात्राले विज्ञान सम्बन्धि नमूना तयार पारेर शिक्षक, तथा अन्य विद्यार्थीलाई देखाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |