धादिङ २३,कात्तिक । धादिङ जिल्लामा भू तथा जलाधार ब्यवस्थापन कार्यालयको स्थापना भएको छ ।
मंगलबार वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले उद्घाटन गरे संगै भू तथा जलाधार ब्यवस्थापन कार्यालय धादिङ पुर्नस्थापित भएको हो ।
बागमती प्रदेश सरकारले धादिङ जिल्लामा भू तथा जलाधार ब्यवस्थापन कार्यालय स्थापना गर्ने भन्ने निर्णय बमोजिम साविककै भु संरक्षण कार्यालय भएको ठाउँमा कार्यालय स्थापना भएको छ । ६१ जिल्लामा भु संरक्षण कार्यालयको नाम बाट सेवा दिईरहेको कार्यालयले देशको पुनसंरचना भएपछि धादिङ बाट हटेको थियो । उक्त कार्यालय हाल भू तथा जलाधार ब्यवस्थापन कार्यालयको नाम बाट पुन धादिङ जिल्लामा स्थापना भएको हो ।
हाल वरिष्ठ जलाधार ब्यवस्थापन अधिकृतको रुपमा धादिङ जिल्लामा सिन्धुपाल्चोक बाट प्रदिप नारायण श्रेष्ठ आई सेवा सुचारु गर्नु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |