धादिङ,२३ कात्तिक ।
धादिङमा आज थप १६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार आज १० पुरुष र ६ जना महिला गरी १६ जनामा डेंगी पुष्टि भएको हो।
हालसम्म जिल्लामा १ हजार १५८ जना पुरुष र ९९३ महिला गरी कुल २ हजार १९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । जिल्लाको कुल संक्रमित मध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् ।
नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार ३५४ जना संक्रमित भएका छन् भने गल्छीमा ११८, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०, ज्वालामुखीमा ७९, जनामा संक्रमण भएको छ । यस्तै त्रिपुरासुन्दरीमा ७९, सिद्धलेकमा ६९, गंगाजमुनामा ३१, थाक्रेमा १८, नेत्रावती डवजोङमा १४, रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गरी तीन स्थानबाट डेंगी परिक्षण हुदैँ आएको छ । फाईल तस्विर
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |