धादिङ २१,कात्तिक । रुविभ्याली पुगेका वाम गठबन्धनका धादिङ क्षेत्र न २ का उम्मेदवार रामनाथ अधिकारी र प्रदेश २ का सांसद जगत सिँखडा प्रति रुविभ्यालीबासीले भव्य स्वागत गरेका छन् । रुविभ्याली गाउँपालिकाका अधिकांश गाउँवस्तीमा पुगेका अधिकारी र सिँखडालाई स्थानीयले रुविभ्यालीको विकासको जिम्मा लिन आग्रह गरिएको बताईएको छ । रुविभ्याली क्षेत्रको विकासमा गठबन्धन उम्मेदवारको ध्यान केन्द्रीत रहेको बताउँदै नेपाली काँग्रेसका पूर्वसभापति रमेश धमलाले प्रतिबद्धतापत्रमा नै रुविभ्यालीलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको थियो । रुविभ्याली क्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र रहेकोले यस क्षेत्रको विकासलाई गठबन्धन सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनु भएको छ ।
चुनाव प्रचारका क्रममा रुविभ्याली पुग्नुभएका अधिकारीले आफ्नो प्रतिबद्धतामा रुविभ्यालीलाई उच्च प्राथमिकताका साथ समेटेको बताउँदै राज्यले रुविभ्यालीको महत्वलाई बुझ्न नसक्दा यस क्षेत्रका बासिन्दाले कठिन जीवन यापन गर्न बाध्य रहेको बताउनु भयो । पर्यटन विकासका लागि पूर्वाधार विकास, रुविभ्याली पर्यटन पदमार्ग निर्माण, पर्यवतीय पर्यटनका लागि प्रशिक्षण केन्द्र स्थापना लगायतका काम आफ्नो कार्यकालभित्र गर्ने अधिकारीले मतदाता समक्ष प्रतिबद्धता गर्नुभएको थियो । कार्यक्रममा गठबन्धनका तर्फबाट प्रदेश २ का उम्मेदवार जगत सिंखडालाई रुविभ्यालीका जनताको जीवन स्तर उकास्नका लागि यस क्षेत्रलाई पर्यटन क्षेत्रकै रुपमा विकास आवश्यक र सम्भव पनि रहेको बताउनु भयो । विगतमा पनि आफूले रुविभ्यालीको विकासमा महत्वपूर्ण कार्य गरेको बताउँदै सिँखडाले अब पनि आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |