धादिङ २० कात्तिक । धादिङ क्षेत्र नं २ का नेकपा एमालेका प्रनिधिसभा सदस्य उम्मेदवार खेम लोहनीले नेकपा एमालेले जनताकोे आवाज सम्बोधन गर्नु पर्ने बताउनुभएको छ ।
धादिङ काठमाण्डौ सम्पर्क मञ्चद्वारा कलंकीमा कार्यकर्ता तथा मतदाताहरुलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहनुभएका उम्मेदवार लोहनीले एमालेले जित्यो भने मात्र नेपाल र नेपालीको हित हुने बताउनुभयो ।
देश जोगाउन एमालेले जित्नुपर्ने बताउँदै पार्टी भित्रको आन्तरिक विषयलाई पन्छाएर चुनावमा एक ढिक्का भएर लाग्न समेत आग्रह गर्नुभयो ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपासंगको तालमेल गरेर अघि बढेको एमालेले संघीय निर्वाचन र प्रदेशसभा १ मा राप्रपाले एमालेलाई सघाउने छ भने धादिङ क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा एमालेले राप्रपालाई सघाउने छ । हाल संयुक्त रुपमा मतदाता भेटघाट समेत गरिरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |