धादिङ,१९ कात्तिक ।
धादिङ जिल्लामा डेंगी संक्रमण हुनेको संख्या दिनानुदिन बढीरहेको छ । शनिवार थप १९ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा शनिवार सम्मको तथ्यांक हेर्नेहो भने सक्रमित हुनेको संख्या २ हजार ११० पुगेको छ ।शनिवार ९ जना पुरुष र १० जना महिला गरी कुल १९ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
हालसम्म जिल्लाका १ हजार १३५ जना पुरुष र ९७४ महिला गरी कुल २ हजार ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको धादिङले जनाएको छ ।सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् । न
गरपालिकामा हालसम्म १ हजार २९७ जना संक्रमित भएका छन् भने गल्छीमा १११, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०,ज्वालामुखीमा ८२, त्रिपुरासुन्दरीमा ७६ जनामा संक्रमण भएको छ।यस्तै सिद्धलेकमा ६१, गंगाजमुनामा ३१, थाक्रेमा १८,नेत्रावती डवजोङमा १४,रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |