धादिङ १८ कात्तिक । धादिङ क्षेत्र न २ का संघिय सांसदको उम्मेद्वार खेम प्रसाद लोहनीले नेकपा एमालेले मात्र जनताको पिरमर्का बुझेर काम गर्ने बताएका छन् । आज नेत्रावती डवजोङ गाउपालिकाको चौतारा लगाएत बिभिन्न स्थानमा भएको मतदाता भेटभाटको क्रममा उम्मेद्वार लोहनीले सो कुरा बताउनु भएको हो ।
गठबन्धनको नाममा विपक्षीहरुले गाउँमा भ्रम छर्दै हिडेको भन्दै त्यस्तो भ्रमको विश्वास नगरी आगामी निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न लोहनी आग्रह गरेका छन् । दिगो विकास र शान्ति तथा स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने क्रम शुरु भएको छ, यसलाई नेकपा एमाले नेतृत्वको सरकारले पुरा गर्ने उनको भनाई छ ।
त्यसैगरी सोही कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्वर २ क का नेकपा एमालेका उम्मेदवार डा।रामकुमार अधिकारीले मतदातालाई सम्बोधन गर्दै जनताको मागको आधारमा विकासका काम गरेको उल्लेख गर्दै निरन्तर जनताका लागि लागि रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |