धादिङ १७ कार्तिक । संघिय निर्वाचन क्षेत्र नं २ अन्तरगत प्रदेश सभा क मा गठबन्धनका उम्मेद्वारहरु घरदैलो तथा मतदाता भेटघाटको कार्यक्रम लिएर नीलकण्ठ नगरपालिका वडा नं १ र २ मापुगेका छन् ।
प्रदेश सभा निर्वाचनका लागि गठबन्धनको साझा उम्मेद्वारको रुपमा रहेका नेपाली काँग्रेसका उम्मेद्वार गोविन्द लंसाल र नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेश सभाको लागि समानुपातिकमा रहेका सोम्वोले तामाङ जनताको गुनासो, पीर मर्का सुन्न र सुझाव संकलनको लागि नीलकण्ठ नगरपालिकाको वडा नं १ र २ मा पुगेका हुन् ।
ती वडाहरुको धुसेनी, काउले, चिसापानी, गैरी बसाह, डाँडा बसाह ओलीडाँडा लगायतका क्षेत्रहरुमा पुगेर कोणसभा गरी जनताको समस्याहरु र सुझावहरु संकलन गरिएको नेपाली काँग्रेस प्रदेश क्षेत्रिय सभापति होम गुरुङले जानकारी दिए ।
सो क्रममा स्थानीयहरुले उक्त क्षेत्रमा सडकको स्थायित्वमा समस्या भएको र कुनैपनि राजनितिक दलहरुले नीलकण्ठ १ र २ लाई प्राथमिकतामा राखेर योजना नबनाएकोमा गुनासो गरेका थिए । विगतमा जितेर गएका नेताहरु पनि पछि फर्केर नआएको र विगतमा पनि गठबन्धनले नाममा भोट खाएर नेताहरुले धोका दिएकोमा दुखेसो पोखेका थिए ।
जनताका गुनासोहरुलाइ सम्वोधन गर्ने क्रममा प्रदेश सभाका उम्मेद्वार लंसाल र तामाङले अहिलेको गठबन्धनमा शंका नगर्न र जनताका पीरमर्का र गुनासोहरुलाइ सम्वोधन गर्नको लागि अहिलेको गठबन्धन बनेको बताएका हुन् ।
पानधारे धुसेनीकाउले सडकलाइ १२ महिना नै चल्ने गरी स्तरउन्नती गर्न पहलगर्ने र जीतहार जे भएपनि सधै जनताको साथमा रहेर सुखदुःखमा साथदिने प्रतिवद्धता जनाएका छन् ।
घरदैलो तथा कोणसभा अभियानमा नेकपामाओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी शैलेस, नेपाली काँग्रेसको प्रदेश क्षेत्रिय सभापति होम गुरुङ, नेपाली काँग्रेस धादिङका नेता दीपक कोइराला लगायतका नेताहरु सहभागी भएका थिए ।
यसअघि लंसालले मंगलबार आफ्नै वडा नीलकण्ठ ९ र नीलकण्ठ १२ मा पुगेर जनताका गुनासो र समस्याहरु संकलन गरेका थिए भने विहीबार आज नीलकण्ठ नगरपालिका वडा नं ७ र ८ मा घरदैलो तथा मतदाता कार्यक्रम रहेको बताईएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |