सुवास खतिवडा
धादिङ,१४ कात्तिक ।
“भाग्यमानीको भैंसी बर्षौटे अभागीको मान्छे बर्षौटे” भन्ने उखान चरितार्थ गर्नु हरेक गाई भैंसी पालक कृषक दाजुभाई दिदी बहिनीहरुको लक्ष्य हुनुपर्दछ। नेपाल आफैमा एक कृषि प्रधान देश हो कृषि भित्रको पनि अर्को महत्त्वपूर्ण पाटो पशुपालन पर्दछ। कृषि कुल ग्राहस्थ उत्पादनको करिव २६% हिस्सा पशुपालनले ओगटेको छ। प्रति ब्यक्ती दैनीक २५० एम एल र बार्षिक ९१ लिटर दूध आवस्यकता पर्ने WHO को तथ्यांकले देखाएको छ।
नेपाल दूध उत्पादनमा भने बिस्तारै आत्मनिर्भर बन्दै गएको अवस्था छ।उत्पादनको हिसाबले बिगत ३–४दशक पहिले बाट नेपालमा उन्नत जातका गाई भैसीहरुको ब्यवसायिक तथा निर्वाहमुखी पालन पेशा बन्दै गएको सन्दर्भमा हाल धेरै मात्रामा देखिने र कृषक हरुले भोग्दै आएको समस्या हो पशुहरु समयमा बाली नजाने,पशुहरु उल्टिइरहने ,ढिलो समयसम्म थारो रहिरहने,तथा बाली लागिहाले पनी गर्भ नरहने जस्ता कारणहरुले कृषकहरुमा चिन्ता को बिषय बन्दै गएको छ।जसको कारण गाई भैसिमा बाँझोपनको समस्या ल्याउदछ।
के कारण हुन्छ त थारोपन वा बाँझोपन ?
१,प्रमुख कारण भनेको सन्तुलित आहारा हो जब कुपोषण को सिकार बन्छ्न पशुहरु ऋतुकालमा आउँदैनन।
२,गाई भैँसीको प्रजनन् अंग पाठेघर भित्र खराबी (संक्रमण,पिप,पानी,रगत इत्यादी भरिनु)
३,ऋतुकाल वा भाले खोजेको सही समय पत्ता लगाउन नसक्नु जसले गर्दा कृत्रिम गर्भाधान अथवा प्राकृतिक गर्वाधान गरेता पनि फेरि उल्टिने सम्भावना बड्न जाने हुन्छ।
४,पशुहरुमा अत्याधिक तनाव वा अन्य संक्रमित रोग आदिको कारण मर्न जाने हुन्छ।
रोकथामको उपाय
१,सन्तुलित आहारा खुवाउनुपर्छ ।जस अन्तर्गत हरियो तथा सुख्खा पोषणयुक्त घाँसपात,कोशेघाँस वा दाना,समय अनुसारको नाम्ले जुका का औषधी,भिटामिन ,खनिज जस्ता पौष्टिक आहारा उपलब्ध गराउने।
२,राम्रो गुण र जातिय स्वभाव भएको स्वस्थ भालेलाई प्रजनन को रुपमा लिने ।
३,पाठेघर संकमण भएको पाइएमा दक्ष भेटेरिनरी प्राविधिक वा पशु चिकित्सक संग परामर्श लिई परिक्षण गराई उपचार गराउने।
४,कृषक सचेतना गराउने यसको लागि पशु ब्याएको ४५ दिन कटेपछी ९० दिन भित्र बाली लिइ सक्नु पर्दछ अन्यथा माथी उल्लेखित कारणमा राम्रोसँग अध्ययन गरि ब्यवहारीक ज्ञानमा ध्यान दिई आवश्यक परेमा भेटेरिनरी प्राविधिक वा पशु चिकित्सकहरु संग परामर्श लिनु उचित हुन्छ।
लेखक खतिवडा नीलकण्ठ नगरपालिकामा पशु प्राविधिकको रुपमा कार्यरत हुनुहन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |