काठमाडौँ,३१ असोज ।
जवाफदेहीता निगरानी समितिले आगामी मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचनमा मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताका लागि कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईं द्वारा आज जारी विज्ञप्तिमार्फत भ्रष्टाचारी तथा आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई भोट नहाल्न आग्रह गरेको छ ।
“हरेक पाँच वर्षमा एकपटक प्राप्त यस अवसरलाई विवेकको प्रयोग गरी भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई निरुत्साहित गर्नुपर्छ”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वच्छ छवि भएका योग्य, इमान्दार तथा न्याय र मानव अधिकारप्रति प्रतिबद्ध उम्मेदवारलाई जनप्रतिनिधि चुन्न निगरानी समिति आम मतदातालाई आग्रह गर्दछ ।”
समितिले स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वातावरणमा मतदानद्वारा स्वच्छ छवि भएका योग्य, इमान्दार तथा लगनशील प्रतिनिधि चुन्ने अवसर प्राप्त गर्नु लोकतन्त्र तथा सुशासनको पूर्वशर्त भएको जनाएको छ । मुलुकको सुदृढ एवं दिगो लोकतान्त्रिक भविष्य स्थापित गर्ने यो एक स्वर्णीम मौका पनि भएको विज्ञप्तिमा उल्लेख छ ।
“कानुनी छिद्रको फाइदा उठाएर हत्या, भ्रष्टाचार तथा अन्य गम्भीर फौजदारी आरोप लागेका तथा प्रमाणित भएका व्यक्ति पनि जनप्रतिनिधि बन्न विगतमा सफल भएका थिए”, समितिले भनेको छ, “यसबाट नेपालको लोकतान्त्रिक अभ्यास सुदृढ नभई राजनीतिक विचलन, विसङ्गति तथा विकृति बढेको, अन्तर्राष्ट्रिय छविमा आँच पुगेको र दण्डहीनता मौलाउँदै गएको निगरानी समितिको ठहर छ ।”
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |