धादिङ २९ असोज ।
ज्योती महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. धादिङको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । क्रिक रिसोर्ट धादिङबेशी सम्पन्न साधारण सभमा संस्थाका अध्यक्ष तारा लामाकोे अध्यक्षता तथा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका सचिव निशा अधिकारीद्धारा प्रस्तुत प्रगती तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष शोभा कार्की द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ । साधारण सभाकै अवसर पारेर संस्थाले ६५ वर्ष भन्दा माथिका२८ जना जेष्ठ महिला सदस्य , ५ जना असल ऋणीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष तारा लामाले बताउनुभयो ।
कर्यक्रमको अवसर पारेर बाल बचतकर्ता भगवती रिजाल, किशोरी बचतकर्ता कल्पना भण्डारी, गृह लक्ष्मी बचतकर्ता मदिना मिया, मासिक बचतकर्तामा प्रमिला बानिया र धेरै शेयर बचतमा सावित्री कडेललाई समेत सम्मान गरिएको छ । त्यस्तै संस्थाले कार्यक्रममा वर्ष भरी कै उत्कृष्ट कर्मचारीको रुपमा रिता कुमारी भण्डारीलाई सम्मान गरेको छ ।
संस्थाको आ.व २०७९।०८० को असार मसान्त सम्ममा १ हजार ६ सय १ जना महिला शेयर सदस्य र ६ सय ८० बाल शेयर सदस्य पुगेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |