धादिङ,२६ असोज ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाबिच चुनावी गठबन्धन बनेको छ । संघमा राप्रपाले एमालेलाई सघाउने र प्रदेशमा राप्रपालाई सघाउने सहमती बिच गठबन्धन भएको हो ।
सहमति अनुसार संघमा राप्रपाबाट उम्मेदवारी दिनुभएका पर्शुराम तामाङले उम्मेदवारी फिर्ता गर्नुभएको छ। तामाङले अब नेकपा एमालेका नेता तथा पुर्व सांसद खेम प्रसाद लोहनीलाई सहयोग गर्नुहुनेछ । यसैगरी प्रदेशतर्फ सोही क्षेत्रको क नम्बरमा एमाले नेता धनवहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर उम्मेद्वारी फिर्ता लिनुभएको छ भने प्रदेश ख मा राप्रपाका मोहन पोखरेलले एमालेका डा.रामकुमार अधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिनुभएको छ ।
धादिङ निर्वाचन क्षेत्र २ मा रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |