काठमाडौँ,२६ असोज ।
एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रतिनिधिसभामा निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएका रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
“आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा (एमाले)का वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतीले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएको तर केन्द्रबाट हटाई सिफारिश नै नभएको व्यक्तिलाई उमेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिकाटिप्पणिका सन्दर्भमा निम्नलिखित मिति, स्थान र समयमा हुने पत्रकार सम्मेलनमा उपस्थितिको लागि हार्दिक अनुरोध छ ,” उनले भनेका छन् । पत्रकार सम्मेलन काठमाडौं थापाथलीस्थित कार्की बैंक्वेटमा राखिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |