काठमाडौँ,२५ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ । उजुरी कानूनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । बीपी काँग्रेसका तर्फबाट डडेल्धुराको उम्मेदवार रहेका कर्ण मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी दिएका थिए । नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको उजुरीमा उल्लेख छ ।
तर, मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट गलत भएको पाइएकोले उजुरी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत वाग्लेले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |