काठमाडौँ,२५ असोज ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् । फरक-फरक जन्म मिति भएको भन्दै परेकाे उजुरीमा देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका हुन् ।
उजुरीबारे आज साँझ ५ बजेसम्म निर्णय हुने डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । बीपी काँग्रेसका तर्फबाट डडेल्धुराको उम्मेदवार रहेका कर्ण मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी दिएका थिए ।
नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ । मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् । मल्ल बीपी कांग्रेसका वरिष्ठ उपसभापति हुन् ।फाईल तस्विर
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |