काठमाडौँ,२५ असोज ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४४ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ८ करोड ४० लाख रुपैयाँ र फाइनान्समा २ करोड ८० लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा राख्नेछ । मुद्दती निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
यसका लागि बुधबार (२६ असाेज) राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदरसहित ई–मेलमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ । यस्तो लगानी आउँदो कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गतेसम्म ३६७ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |