काठमाडौँ, २४ असोज ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा परेको उम्मेदवारीको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ। यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय रहेको आयोगले जनायो।
‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ,’ आयोगले भनेको छ।
उम्मेदवारको विरुद्ध उजुरी, उम्मेदवारी फिर्तालगायतको कार्यक्रमपछि बुधवार अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |