काठमाडौँ,१८ असोज ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु।’ समानुपातिकतर्फको बन्द सुचीको नाम पेश गर्ने र सच्चाउने काम सम्पन्न भए पछि आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति र समय तोकेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |