काठमाडौँ,१७ असोज ।
समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि विभिन्न राजनीतिक दलका २९ जनाले निवेदन दिएका छन्।उनीहरूले दिएको निवेदनपछि निर्वाचन आयोगले सम्बन्धित दलहरूलाई यसको जानकारी गराएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा राखेका उनीहरूले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन्।निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यालय तर्फका प्रवक्ता गुरु वाग्लेले प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन्।
उनीहरूले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको वाग्लेले बताउनुभयो । नाम फिर्ताका लागि निवेदन दिनेमा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन्।
यस्तै प्रदेश १ का ६ जना, मधेश प्रदेशका २, बागमती प्रदेशका १०, गण्डकी र लुम्बिनीका १÷१ जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन् । आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १२ बजेसम्मको समय तोकेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |