काठमाडौँ,१३ असोज ।
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा ४३ हजार ४३ हजार ८२५ तोला सुन नेपाल भित्रिएको हाे ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक लाख चार हजार २०२ तोला सुन आयात भएकोमा यस वर्ष सुनको आयात निकै घटेको छ । गत वर्षको तुलनामा सुनको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको छ ।
गत साउनमा बैंकहरूले कुल एक अर्ब ४८ करोड २७ लाख रुपैयाँको सुन आयात गरेका थिए भने भदौमा दुई अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको सुन आयात गरेका छन् । गत आर्थिक वर्षको यो दुई महिनामा बैंकहरूले आठ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |