धादिङ,११ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित सुनौलाबजारमा एक दिने एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।स्थानीय नागरिकहरुलाई घरआँगनमै सेवा दिने उदेश्यले एकिकृत घुम्ती शिविरको आयोजना गरीएको स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । सामाजिक विकास समितिका संयोजक चिनामायाँ श्रेष्ठको अध्यक्षतामा सुरु भएको घुम्ती शिविरमा नीलकण्ठ नगरपालिकाका मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो ।
शिविरमा स्वास्थ्य परिक्षण तथा औषधी वितरण,जेष्ठ नागरिक परिचय पत्र वितरण,अपाङ्गता परिचयपत्र वितरण,गोवर परिक्षण,एन्टिरेबिज सेवा,पशु बिरामीहरुलाई औषधी वितरण,मनोपरामर्श सेवा र आयुर्वेद सेवा प्रवाह गरीएको थियो । शिविरमा ५२ जनालाई स्वास्थ्य परिक्षण र औषधी वितरण,१० वटा जेष्ठ नागरिक कार्ड वितरण,८ वडा अपाङ्गता कार्ड वितरण,३८ पशुको गोवर परिक्षण,३२ वटा कुकुरलाई एन्टिरेविज सुई,८८ जना कृषकका १३७८ पशुलाई औषधी वितरण,पञ्जिकरणको ४ र सामाजिक सुरक्षा सेवा ५ जना र मनोसामाजिक परामर्श सेवा ४ जनाले लिएको नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्ययले जानकारी दिनुभयो ।
शिविरमा वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठ,प्रशाशन शाखा प्रमुख लोकनाथ उपाध्यय,स्वास्थ्य शाखा प्रमुख विष्णु रिजाल,महिला बालबालिकातथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला केसी,मनोचिकित्सक डा.श्रेया वस्ताकोटी,डा. प्रकृती सुवेदी मनोपरामर्शकर्ता रामकुमार थापाले सेवा प्रवाह गर्नुभएको थियो । यसैगरी पशुपंक्षी विकास शाखाबाट काशिराज रेग्मी,सुवास खतिवडा, पशु रोग डा. सुनिता श्रेष्ठलगायतले सेवा प्रवाह गर्नुभएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |