काठमाडौँ,०९ असोज ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली नागरिकता सम्बन्धी ऐन समयमा नै नबनेकोमा दुःख व्यक्त गरेको छ ।
‘दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरुका बीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयकले ऐनको रुप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरुलाई दुखित बनाएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञिप्तिमा उल्लेख छ ।
‘नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ संसदको दुबै सदनबाट पारित हुँदा सम्पूर्ण गैरआवासीय नेपालीहरु अत्यन्तै हर्षित भएको विज्ञप्तिमा जनाइएको छ । तर राष्ट्रपतिले प्रमाणीकरण नगरिदिंदा विधेयक निस्क्रिय भएको छ ।
‘दुवै सदनबाट पारित भैसकेको अवस्थामा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सम्वन्धी ऐन, नियमहरु बन्न ढिलाई हुने अवस्थाको सिर्जना प्रति गैरआवासीय नेपालीहरु अत्यन्तै चिन्तित छन्,’ एनआरएनएले भनेको छ ।
विधेयक ऐनको रुपमा कार्यान्वयन हुने अवस्थाको अन्यौलताले गैरआवासीय नेपाली संघलाई अत्यन्तै दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ ।
‘गैरआवासीय नेपाली संघ वर्तमान अवस्थाप्रति सचेत छ र यसको गम्भीरतालाई ध्यान दिदै सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई केही समय धैर्यधारण गरी दिनु हुन हार्दिक अपील गर्दछ,’ एनआरएनएले भनेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |