धादिङ ७,असोज । धादिङ बचत तथा ऋण सहकारी संघ लि.को १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष नवराज शर्माको अध्यक्षतामा होटल सारथी धादिङबेशीमा आज साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा सचिव शान्तबिक्रम बानिया द्धारा प्रस्तुत प्रगती प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष अजुर्न आचार्य द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत रुपमा पास गरिएको छ ।
साधारण सभाले तिन वटा संस्थालाई बिभिन्न मापदण्ड बाट छनोट गरि पुरस्कृत समेत गरेको छ ।
साधारण सभाको अवसरमा बढि शेयर पुंजी आधारमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. धादिङबेशी, असल कारोबारको आधारमा कलश वचत तथा ऋण सहकारी संस्था लि. मलेखु र धेरै दैैनिक बचत कारोबारको आधारमा भैरवी बचत तथा ऋण सहकारी संस्था लि. लाई सम्मान समेत गरिएको छ ।
संस्थाले आगमी दिनमा सवै सहकारी संस्थामा प्रशिक्षक उत्पादन गर्ने र जिल्लामा गुणस्तर सुनिश्चितता कार्यक्रम संचालन गर्ने लक्ष समेत लिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |