काठमाडौँ,०५ असोज ।
एसियाली विकास बैँक (एडीबी)ले चालु आर्थिक वर्ष २०७९/८० अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सन् २०२२ मा ५ दशमलव ८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा २०२३ मा केही सङ्कुचन आउने एडीबीले अनुमान गरेको हो ।सरकारले अहिले लिएका नीतिहरू मुख्य कारण रहने एडीबीको विश्लेषण छ ।
एडीबीले गत अप्रिलमा ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको थियो । सरकारले आयातमा अङ्कुश लगाइरहेको छ । यसले अर्थतन्त्रको विस्तारमा नकारात्मक असर पुग्ने एडीबीका कन्ट्री निर्देशक अर्नाउड काउकोइसले बताउनुभयो । एडीबीले आज एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।
आयात प्रतिस्थापनका कारण चालिएका कदमले घरेलु उतपादन र उपयोगमा समेत असर पर्ने एडीबीको भनाइ छ । जलविद्युतको बढ्दो उत्पादन र उद्योगको क्षमता उपयोगमा वृद्धि हुने अनुमान गरिएको छ । व्याजदरमा भएको वृद्धिले रियल इस्टेट, थोक तथा खुद्रा व्यापार भने
प्रभावित हुने अनुमान छ । आगामी निर्वाचनले भने खर्च बढाउने र जीडीपीको वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने एडीबीले जनाएको छ । सन् २०२२ मा ६ दशमलव ३ प्रतिशत रहेको मुद्रास्फीति चालु आवमा ६ दशमलव १ मा सीमित हुने अनुमान गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |