धादिङ ३, असोज । संविधान दिवसको अवसर पारेर नेत्रावती डवजोङ गाउपालिकाले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ ।
बागमती प्रदेशमा सवैभन्दा कम बेरुजु ल्याई नेत्रावती डवजोङ गाउपालिकालाई प्रथम बनाउन सफल भएकोमा बिशिष्ट योगदानको उच्च कदर गर्दै लेखा अधिकृत टिकाराम अधिकारीलाई सम्मान गरेको हो ।
आज नेत्रावती डवजोङ गाउपालिकाको कार्यालय सेमजोङमा गाउपालिकाका अध्यक्ष मेघनाथ रिजाल, प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले अधिकारीलाई दोसल्ला,प्रमाणपत्र र नगद १५,००० सहित सम्मान गर्नुभएको हो ।
सविधान दिवसकै अवसर पारेर नेत्रावती डवजोङ गाउपालिकाले अध्यक्षको पदभार ग्रहण पश्चातको पहिलो निर्णयलाई समेत कार्यान्वयनमा ल्याएको छ । गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले गाउपालिका ५ जना मृतक परिवारलाई रु १० हजारका दरले रकम हस्तान्तरण गर्नुभएको हो ।सविधान दिवसकै अवसर पारेर नेत्रावती डवजोङ गाउपालिकाले दिप प्रज्वलन समेत गरेको प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले बताउनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |