काठमाडौं, ०३ असोज ।
मकवानपुर, बाँके र कपिलवस्तुबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट करिब १५ किलो गाँजासहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका–४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेमा २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने ३८ वर्षीया यसोदा कार्की, उनकै श्रीमान ४१ वर्षीय रुद्ध बहादुर कार्की र सोही नगरपालिका–१२ बस्ने २० वर्षीय मनोज गिरी छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगर बस्ने ३१ वर्षीय जमालदिन मियाँ र दाङ घोराही उपमहानगरपालिका–९ पर्सेनी घर भएकी १८ वर्षीया किशोरीलाई २ किलो ७ सय ग्राम चरेससहित शनिबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जमालदिनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |