धादिङ,०२ असोज ।
शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा चमेली वगाले काप्री चयन हुनुभएको छ ।
शनिबार धादिङबेशीमा सम्पन्न भएको सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा अधिवेशनले काप्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्ष बाहेक सबै पद सर्वसम्मत चयन गरेको हो । सहकारीले उपाध्यक्षको लागि तत्काल निर्वाचन गराउने वातावरण नभएको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मको लागि यथावत राखिने जनाएको छ ।
नयाँ कार्यसमितिको सचिवमा शशि अर्याल, कोषाध्यक्षमा रीता पोखरेल, सदस्यहरुमा माईलीमाया वि.क, विष्णुमाया श्रेष्ठ, गितादेवी लम्साल, पञ्चमाया तामाङ, विष्णु कुमार गुरुङ, लक्ष्मी श्रेष्ठ र दीप माया श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी सभाले ३ सदस्यीय लेखासमिति समेत चयन गरेको छ । लेखासमितिको संयोजकमा शोभा छत्कुली, सविता सिटौला र दिपा लम्साल चयन हुनुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |